सामाजिक सञ्जाल

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने भन्दै प्रचार गर्दा लज्जाबोध भएन ?

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले राष्ट्रपतिको सल्लहाकारले राष्ट्रपतिको अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने भन्दै प्रचार गर्दा लज्जाबोध भएन भन्दै प्रश्न गरेका छन्।

नेता गुरुङले हेल्लो रा.प.का सल्लाहकारजी, ७०लाख डोज खोप नेपाल लगायत १५ देशलाई दिने अमेरिकी रा.प.को स्वघोषणा हो । नेपाल एकलैले ५० लाख पाउने भन्या हैन । भन्दै प्रश्न गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “हेल्लो रा.प.का सल्लाहकारजी!
७०लाख डोज खोप नेपाललगायत १५ देशलाई दिने अमेरिकी रा.प.को स्वघोषणा हो। नेपाल एकलैले ५० लाख पाउने भन्या हैन।
रा.प.को सल्लहाकारले रा.प.को अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने भन्दै प्रचार गर्दा लज्जाबोध भएन? सत्ताधारीलाई लाज लाग्दैन?”