सामाजिक सञ्जाल

ओली प्रबृतिका बिरुद्धको संघर्ष एउटा पार्टीको भन्दा पनि राष्ट्रिय एजेण्डा हुनुपर्छ: डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेभित्रको अन्तर्संघर्षमा सधैं वैचारिक-राजनीतिक पक्षभन्दा सांगठनिक-व्यवहारिक पक्ष हावी रहदै आएकोमा अहिले अलिकति जुनकिरीको उज्यालो देखिएको बताएका छन्।

डा. भट्टराईले ओलीप्रवृत्ति विरूद्धको संघर्ष एउटा पार्टीको आन्तरिक मामिला भन्दापनि राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता, सुशासन पक्षधर सबैको साझा भएको बताएका छन्। ओली प्रबृतिका बिरुद्धको संघर्ष एउटा पार्टीको भन्दा पनि राष्ट्रिय एजेण्डा हुनुपर्छ भन्ने डा भट्टराईको तर्क छ । 

उनले लेखेका छन्, “एमालेभित्रको अन्तर्संघर्षमा सधैं वैचारिक-राजनीतिक पक्षभन्दा सांगठनिक-व्यवहारिक पक्ष हावी रहदै आएकोमा अहिले अलिकति जुनकिरीको उज्यालो देखिदैछ। ओलीप्रवृत्ति विरूद्धको संघर्ष एउटा पार्टीको आन्तरिक मामिला भन्दापनि राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता, सुशासन पक्षधर सबैको साझा हो है!”