राजनीति

नवगठित मन्त्रीमण्डल संबिधान च्यात्ने र जलाउनेहरुको लगन गाँठोको उपज हो : नेता गुरुङ

नेपाली कांग्रेसका नेता धनराज गुरुङले नवगठित मन्त्रीमण्डल संबिधान च्यात्ने र जलाउनेहरुको लगन गाँठोको उपज भएको बताएका छन्।

गुरुङले एउटाले मध्यरातमा बिदेशी प्रभुको दर्शन गर्छ, अर्कोले दिउँसै वरदान त उनै प्रभुको हो नि बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ” संबिधान च्यात्ने र जलाउनेहरुको लगन गाँठोको उपज हो,नवगठित मन्त्री मण्डल!
एउटाले मध्यरातमा बिदेशी प्रभुको दर्शन गर्छ, अर्कोले दिउँसै! वरदान त उनै प्रभुको हो नि।
जसले नेपाल आमाको फरिया बेचेर सत्ता जोगाउने प्रयत्न गर्छ, उसलाई आमा निर्वस्त्र बनेकोमा चिन्ता हुँदैन।
लेण्डुप प्रबृत्ति!”