सामाजिक सञ्जाल

केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ त्यसैले प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्रः गोकुल बाँस्कोटा

२९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एबम् पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ भनेका छन् । उनले बाग्मती प्रदेशका साँसद नरोत्तम बैद्यले नाथुरामको नामसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडर बोलेको कुरालाई जोड्दै नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ? भनेर प्रश्न गरेका छन् ।
नेता बाँस्कोटाले ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन ? भन्दै नेपाली काँग्रेससहित नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्ष, उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टीलगायतलाई पनि शंक गर्दै अर्को प्रश्श्न तेस्र्याएका छन् । उनले काँङग्रेसको आधिकारिक भनाई माग गर्दै एमालेहरु सचेत बन्न आग्रह गरेका छन् ।
नेता बाँँस्कोटाको ट्वीटः केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ। नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ? ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन ? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ। एमालेहरु सचेत बन।