सामाजिक सञ्जाल

प्रधाानमन्त्री ओलीलाई काँग्रेस नेता धनराजले सोधे यस्ता दुई कडा प्रश्न

१ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १. त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा घुमाउरो बाटोबाट भारतीय सेना तैनाथ गर्ने भन्ने समाचार के हो ?, २. नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो ? भन्दै दुई प्रश्न सोधेका छन् ।
उनले ट्वीट गर्दै कृपाया यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक गरियोस् भनेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई रिझाउन बिमानस्थल सौर्य उर्जा र उर्जा क्षेत्र भारतीय कम्पनीलाईदिने भन्ने बिषय सरकारको बिरोधको मुख्य बिषय बन्न थालेको समयमा नेता गुरुगंको कडा प्रश्न आएको छ ।

उनको ट्वीटः
सम्मानीय @PM_Oli!
१. त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा घुमाउरो बाटोबाट भारतीय सेना तैनाथ गर्ने भन्ने समाचार के हो ?
२. नेपालको सम्पुर्ण उर्जा क्षेत्रको परामर्शदाता भारतीय कम्पनीलाई दिन लागेको भन्ने समाचार के हो ?
कृपाया यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक गरियोस्।