सामाजिक सञ्जाल

अध्यक्ष थापाको दाबीः राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोड्ने छैन

१ असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोड्ने छैन भनेका छन् । उनले पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ति भयो, अब गल्ति दोहरिने छैन भनेका छन् ।
कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाईन्छ। त्यसैले दोहराएर स्पष्ट पार्न चाहन्छु भन्दै उक्त कुरा बताएका छन् ।
अध्यक्ष थापाको ट्वीटः
कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाईन्छ। त्यसैले दोहराएर स्पष्ट पार्न चाहन्छुः
-पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ति भयो, अब गल्ति दोहरिने छैन
-सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोड्ने छैन