सामाजिक सञ्जाल

धनराज भन्छन्ः विकास अपरिहार्य छ, तर विकासको नाममा विनासलाई निम्तो दिने प्रबृत्ति त्यागौं

२ असार, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले विकास अपरिहार्य छ, तर विकासको नाममा विनासलाई निम्तो दिने प्रबृत्ति त्यागौं भनेकी छन् । उनले दोष प्रकृतिको कि हाम्रो ? डोजर चालकदेखि गाउँका अगुवा सबै ईन्जिनियर१ दिगो विकास हैन, देखावटी विकास१ भनेका छन् । उनले हामी जहिले पनि प्राकृतिक विपत्ति, मनसुनको वितण्डा, बाढी प्रकोप आदि भनेर प्रकृतिलाई नै दोष थुपार्छौं भन्दै उक्त कुरा बताएका हुन् ।
उनको ट्वीटः
हामी जहिले पनि प्राकृतिक विपत्ति, मनसुनको वितण्डा, बाढी प्रकोप आदि भनेर प्रकृतिलाई नै दोष थुपार्छौं।
दोष प्रकृतिको कि हाम्रो ? डोजर चालकदेखि गाउँका अगुवा सबै ईन्जिनियर! दिगो विकास हैन, देखावटी विकास!
विकास अपरिहार्य छ, तर विकासको नाममा विनासलाई निम्तो दिने प्रबृत्ति त्यागौं।