सामाजिक सञ्जाल

१५/२० वर्षपछि हेरेर राजनीतिक निर्णय लिँदा मुलुकले स्थायी निकास पाउन सक्छः राजदूत आचार्य

५ असार, काठमाडौं । नेपालका लागि भारतका राजदूत निलाम्बर आचार्यले हामीले पटक-पटक राजनीतिक संकट भोगेका छौं, किन सहज हुनसकेन हाम्रो बाटो ? भन्दै प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै भविष्यको दृष्टिबाट आजका समस्या र विवादलाई हेर्दा-बुझ्दा समाधानमा सघाउ पुग्नसक्छ, निकास देखिनसक्छ भनेका छन् ।
बरिष्ठ अधिवक्ता एबम् पुर्वमन्त्रीसमेत रहेका उनले आजको १५-२० वर्षपछि ती कुराको के स्थान हुनेछ, सोच्नु सहयोगी हुने सल्लाह दिएका छन् । राजदूत आचार्यले सानो कुरोलाई ठुलो संझदा ठूलो कुरो संकटमा पर्ने हुँदा सानो कुरालाई ठूलो पार्नेभन्दा सानै हुँदा निराकरण गर्न सकिने संकेत गरेका छन् । उनले पछिल्लो समय भएका नेपालका राजनीतिक घटनाक्रमलाई निराकरण गर्न १० १५ बर्षको भबिश्यलाई हेरेर निर्णय लिँदा मुलुकका लागि राम्रो हुने संकेत गरेका छन् ।

उनको ट्वीटः हामीले पटक-पटक राजनीतिक संकट भोगेका छौं। किन सहज हुनसकेन हाम्रो बाटो ?
भविष्यको दृष्टिबाट आजका समस्या र विवादलाई हेर्दा-बुझ्दा समाधानमा सघाउ पुग्नसक्छ। निकास देखिनसक्छ।
आजको १५-२० वर्षपछि ती कुराको के स्थान हुनेछ, सोच्नु सहयोगी हुनेछ।
सानो कुरोलाई ठुलो संझदा ठूलो कुरो संकटमा पर्छ।