प्रदेश 2

जीपी कोईराला फाउण्डेशनद्वारा प्रकृति मास्ने कार्यको बिरोध

२८ असार, काठमाडौं । विरगञ्ज घन्टाघरको उत्तर तर्फ रहेको जग्गामा निर्माणको कार्य प्रति जीपी कोईराला फाउण्डेशन पर्साले विरोध जनाएको छ । घन्टाघरको उत्तर तर्फ साबिक नेपाल यातायात सस्थानको जग्गा हाल वीरगंज महानगरपालिकाको स्वामित्वमा रहेका बिपि उद्यानको जग्गामा अन्य निर्माणको कार्य गर्दै आईरहेको वीरगंज महानगरले प्रकृति मास्ने काम गरेकोले बिरगंजबासी लगायत यस जीपी कोईराला फाउण्डेशन पर्साले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् । अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा स्थानीय विकास मन्त्रालयका तत्कलिन मन्त्री रामचन्द्र पौडेलले रेल्वेको जग्गा खरिद गरी बिपि उद्यानका लागि जग्गा तत्कालिन वीरगञ्ज उपमहनगरपालिकाको रेखदेखमा रहने र पछि पार्क बनाउने उद्देश्यले हस्तान्तरण गरिएको उल्लेख छ । तत्कालिन सरकारसँग गरेको सम्झौता विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड सहितको ढलानको काम भईरहेकोले यथासिघ्र रोक लगाउन आदेशको माग समेत ज्ञापनपत्रमा गरिएको छ ।

‘बिपि उद्यानको पार्कमा निशुल्क पार्क र हरित मैदान बनोस भन्ने जन चाहान छ । वीरगञ्ज महानगरपालिकाले ठेक्का लगाई पैसा कमाउने भाँडो बनाउँदा हरियो शहरको परिकल्पना मरेर जाने स्थिति छ । उक्त कार्यलाई अबिलम्ब रोक लगाई हरित पार्क बनाउने पहलकदमी लिन अनुरोध छ । प्रकृति मास्ने गरि विकास चाहिएको छैन ।’ ज्ञापनपत्रमा उल्लेख छ ।
विपि उद्यानको जग्गालाई हराभरा बनाउनुको साटो कुरुप बनाउने जुनसुकै योजनालाई फाउन्डेशनले विरोध गर्ने अध्यक्ष सहाबुनिन बताउँछन् । आवश्यक परे कानुनी लडाई समेत लड्न फाउन्डेशन तयार रहेको उनको भनाई छ ।
तर ज्ञापनपत्रमा उल्लेख भएजस्तो महानगरले नभई विपि उद्यानमा सहरी विकास मन्त्रालय अन्र्तगत सहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङ स्थल बनाउन लगाएको छ ।
बिपि उद्यानको रुपमा प्रयोग गर्ने शर्तमा नेपाल यातायात संस्थानको जग्गा तत्कालिन वीरगञ्ज उप महानगरपालिकाले १० करोडमा १० विगाहा जग्गा खरिद गरेको थियो । वीरगञ्जका तत्कालिन नगर प्रमुख गोपाल गिरि र पूर्व उपमेयर समेत रहेका अजय द्विवेदीको पहलमा अर्थमन्त्री डा। प्रकाशचन्द्र लोहनीले रजिष्ट्रेसन दस्तुरमा सहुलियत प्रदान गरिदिएको फाउन्डेसनले जनाएको छ ।