उर्जा

कुलमान पुनः भए बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक, सामाजिक संजालमा काँग्रेस सरकारको ब्यापक प्रशंसा

२७ साउन, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ नियुक्त भएका छन् ।
सोमबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताको मन्त्रीपरिषद बैठकले ११ महिनाअघि अवकाश पाएका कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पुनःनियुक्त गर्न ब्यापक जनदबाब अँएपनि नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ११ महिना अगाडी घिसिङलाई बिदा गरेका थिए ।
पछिल्लो समयमा प्रधानमन्त्री बनजेका काँग्रेस सभापति शेरबहादुर देउवाले सपथ खाएको केहीदिनमा नै घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रकृया अगाडी बढाएका थिए ।
नागरीक अभियान्ता तथा बुद्धिजीबी अनि सर्बसाधारणले बर्तमान सरकारले कुलमानलाई उक्त स्थानमा ल्याउने पत्यार नलागेको बताएपनि अन्तिममा बर्तमान सरकारले कुलमान घिसिङलाई प्रासिधकरणको प्रमुखमा ल्याएर प्रमाणीत गरेको छ ।
उनको नियुक्तीपछि सामाजिक सञ्जालमा सरकारकोसमेत प्रशंसा हुन थालेको छ । ओलीले गलहत्याएका कुलमान घिसिङलाई देउवा सरकारले नियुक्त गरेकोमा खुशी सहित देउवा सरकारको प्रशंसा गरेका छन् । कुलमान घिसिङलाई आजै नियुक्त्री पत्र दिने र आजै कार्यभार सम्हाल्ने कार्यक्रम उर्जा मन्त्रालयले गरेको छ भने बर्तमन कार्यकारी निर्देशक हृदयेन्द्र शाक्यलाई सम्मानीत स्थानमा नियुक्ती गरिएको जनाईएको छ ।