आर्थिक

एन आई सी एशिया बैंकको व्यावसायीक सम्झौता

१४ कार्तिक, काठमाडौं । विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक सुश्री आकृति लामिछानेज्यूले हस्ताक्षर गरेका हुन् ।

मलेसिया, जापान, हङकङ, सिंगापुर,न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिक, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आभएका नेपालीहरूले अब बिना झन्झट ष्एबथ को एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नने छन् । यस सुविधाका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।

यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काका महानुभावहरूले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा आफ्ना ग्राहकहरुको सहजताका लागि मोबाइल बैंकिङ्ग एपमा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको छ ।

आन्तरिक रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकहरूले आफ्नो एन आई सि एसिया मोबाईल बैंक भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्ने र यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ भएको छ ।