१८ कार्तिक, काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पर्दाथमा भएको मुल्य बृद्धिको विषयलाई राजनीतिक दलहरुले राजनीतिक विषय बनाएको आरोप लगाएका छन् ।
मुल्य बृद्धिलाई राजनीतिक विषय बनाउनु दुखःद भएको निर्देशक पौडेलले बताएका छन् । आज सञ्चारकर्मीसंगको कुराकानिमा उनले अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा नेपालमा पनि बढ्नु स्वभाविक रहेको समेत बताएका छन् ।
साथै उनले पेट्रोलियम पर्दाथको मुल्य बृद्धिको विषयलाई राजनीतिक विषय नबनाउन समेत आग्रह गरेका छन् ।
पौडेलले अबको दुईवर्ष तेलको मुल्य स्थीर नहुने पनि बताएका छन् । साथै निर्देशक पौडेलले निगमले जतिनै मुल्य बढाएपनि आर्थिक वर्षमा निगम २० अर्ब घाटामा जाने समेत बताएका छन् । पछिल्लो समयमा बिभिन्न बिद्यार्थीलगायतका संगठनहरुले मूल्यबृद्धि फिर्ता लिन माग गर्दे बिरोध गरिरहेकोतर्फ संकेत गर्दै कार्यकारी निर्देशक पौडेलले उक्त कुरा बताएका हुन् ।





