२२ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनले आजदेखी फेरी बिरोधका कार्यक्रम सुरु गरेको छ ।
बारले आज बार परिसरमा कालोपट्टी बाँधेर विरोध गरिरहेको जनाईएको छ । जबराको राजीनामाको माग गर्दै पाँचदिने अल्टिमेटम दिएको बारले जबराको राजीनामा नआएपछि हिजो फेरी बिरोधका थप कार्यक्रम सार्वजनीक गर्दै आजदेखि संघर्षलाई पुनः निरन्तरता दिएको हो ।
यसअघि बारले कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्चकेन्द्रित आन्दोलन गरेको थियो । बारले न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन गरिएको भन्दै सहभागी हुन कानून व्यवसायीलाई आव्हान गरेको थियो । साथै बारबाट सर्बाेच्च अदालत पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।
आन्दोलनको भावी रणनीति बनाउन हिजो देशभरिका बार एकाईका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरिएको थियो । देशभरको सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारको भनाइ छ ।





