२२ कार्तिक, काठमाडौं । कोप–२६ मा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिएर स्वदेश फर्किएपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ ।
सरकारले यस अगाडिका सरकारले नियुक्ति गरेका नयाँ राजदूत फिर्ता बोलाएपनि नियुक्त गर्न सकेको छैन ।





