तस्विरहरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी सुरुः तस्वीरमा

२१ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी आजदेखी सुरु भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको चार तारे झण्डा र रुख अङ्कित ब्यानर काठमाडौँ जिल्ला सचिव गोविन्द पुडासैनीलाई हस्तान्तरण गर्दै महाधिवेशनको तयारी विधिवत् रूपमा शुभारम्भ गरेका हुन् ।

 

महाधिवेशन २४ मङ्सिरदेखि काठमाडौँमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि काँग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनमा सहभागि हुन प्रतिनिधिहरुपनि काठमाडौं आउन सुरु गरिसकेका छन् ।

यस्तै महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो ।