समाचार

सर्बाेच्च विवाद न्यायाधीशको दुई गुटबीचको झगडा भएको एमालेको टिप्पणी

२३ मंसिर, काठमाडौं । नेकपा एमालेले सर्वाेच्चमा जारी विावादलाई न्यायाधीशको दुई गुटबीचको संज्ञा दिएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पत्रकार सम्मेलनमा सर्बाेच्चमा जारी आन्दोलन न्यायाधीशको दुई गुटबीचको झगडा भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्बाेच्चमा भईरहेको कानुन व्यवसायीको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडा भएको बताएका हुन् । साथै ज्ञवालीले अहिलेको आन्दोलनले न्यायालयमा सुधार नआउने समेत दाबी गरेका छन् ।

केहीदिन अघिमात्रै आन्दोलीत कानुन व्यवसायी जबराको राजीनामा र महाअभियोग लगाउन माग गर्दै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । उक्त भेटमा पनि ओलीले जबराको राजीनामले मात्रै न्यायालय सुधार नहुने बताएका थिए ।