तस्विरहरु

हेर्नुहोस् बन्दै गरेको कांग्रेसको मतदान स्थल (तस्विरमा)

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार हुने मतदानका लागि तयारी धमाधम सुरु भएको छ । सोमबार हुने मतदानका लागि राष्ट्रिय सभागृहमा धमाधम तयारी भईरहेको हो ।

 

महाधिवेशन प्रतिनिधिले मत संकेत गर्नका लागि गोप्य कक्ष बनाइएको छ । सोमबार राष्ट्रिय सभागृहको प्रांगणमा धमाधम गोप्य कक्ष बनाइँदैछ ।

१४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि मतदानको कार्यक्रम छ । आइतबारसम्म उम्मेदवारको नाममाथि दावी विरोध, उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम भएका छन् ।