तस्विरहरु

महामन्त्रीमा गगन र विश्प्रकाश विजयी भएपछि छाएको खुसीयाली (तस्विरमा)

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा कांग्रेस प्रभावशाली युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्माले जित हासिल गरेका छन । महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । ४ जना प्रतिद्वन्द्वीलाई पछि पार्दै उनीहरूले जित हासिल गरेका हुन् ।

अन्तिममत परिणाम अनुसार गगनले ३०३२ र विश्वप्रकाशले १९८४ मत ल्याएका थिए । जितपछि उनीहरू पार्टी कार्यालय सानेपामा पुगेका थिए । उनीहरूका समर्थक\कार्यकर्ताहरूले अविर, फूलमालाले स्वागत गरेका थिए । 

कार्यकर्तामा समेत राम्रो छाप छोड्न सफल थापा र शर्मा १४ औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएपछि कार्यकर्ता, समर्थकहरु उत्साहित बनेका छन् । 

निर्वाचन परिणाम घोषणापछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुवै नेताका समर्थक बधाई दिन तँछाडमछाड गरिरहेका थिए । उनीहरूको स्वागतमा उल्लेख्य भिड लागेको थियो । भिडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।