पर्यटन/संस्कृति

मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना

१० पुस, सप्तरी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश दिएका छन् ।

इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले क्रिसमस डेले सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउने शुभकामना दिएका छन् ।

येसु खिष्टले दिनुभएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भन्ने अपेक्षा लिएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र क्रिसमस डे मनाउन पनि मुख्यमन्त्री राउतले सबैसँग आग्रह गरेका छन् ।