सूचना प्रविधि

टेलिकमको कामु प्रबन्ध निर्देशकमा बैद्य

१९ पौष, काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा बैद्य नियुक्त भएकी छन्। हालका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको म्याद सकिएर नयाँ प्रबन्ध निर्देशकको नियुक्ती प्रकृया नसकिएको भन्दै सञ्चार सचिव डा बैकुण्ठ अर्याल स्तरीय निर्णयले १८ पौषदेखी लागू हुनेगरी बैद्यलाई नियुक्र गरिएको हो ।
टेलिकमको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राबिधिक अधिकृतको रुपमा रहेकी बैद्यलाई कामु प्रबन्ध निर्देशकको रुपमा कामकारबाही गर्ने जिम्मेवारी मन्त्रालयले दिएको छ ।