राजनीति

पार्टीबाट नैतिक रुपमा अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैनः अध्यक्ष थापा

२३ पौष, काठमाडौं । राप्रपाका निबर्तमान अध्यक्ष कमल थापाले बिचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन भन्ने दृढता प्रकट गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ुसिनोुबोकेर हिंड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीति भन्दा माथी रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुंदैन भन्दा मेरो खेदो खनि रहेकाछन्। हॅासो र उदेक लाग्छ। त्यो राजतन्त्र प्रति विकसित नयॅा मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन।’
उनले थपेका छन्, ‘म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन। राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पिडा त्यही हो। यो प्रसंगलाई हारजीतसंग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।’
कमल थापाको ट्वीटः विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’बोकेर हिंड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीति भन्दा माथी रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुंदैन भन्दा मेरो खेदो खनि रहेकाछन्। हॅासो र उदेक लाग्छ।त्यो राजतन्त्र प्रति विकसित नयॅा मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन।
म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन। राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पिडा त्यही हो। यो प्रसंगलाई हारजीतसंग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।
तर, स्पष्ट होस् बिचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन