राजनीति

रेणुले सीके राउतलाई भनिन्, ‘तपाईले हर्कत गर्नुभयो भने तपाई र तपाईका कार्यकर्ता मारिदिन्छौं’

६ माघ, गौर । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादबले सीके राउतलाई ठूला कुरा गरे मार्ने धम्की दिएकी छन् । रौतहटको एक कार्यक्रममा भाग लिन जाँदा सीके राउतका कार्यकर्ताले अबरोध गर्न खोजेपछि जनता समाजबादीकी नेतृसमेत रहेकी मन्त्री यादबले आफुले बिगतमा भएको घटना दोहोर्याउनसक्ने चेतावनी सीके राउतलाई दिएकी हुन् ।
२०६३ साल चैत्र ७ गते गौरमा २७ जनाको ज्यान जानेगरी एकैदिन भएको घटना स्मरण गर्दै मन्त्री यादबले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’
जनता समाजबादीका तर्फबाट मन्त्री बनेकी नेतृ यादबले हिम्मत भए गाँउमा थर्काउनको सट्टा सिंहदरबाट घेराउ गरेर देखाउन सीके राउतलाई चेतावनी दिएकी छन् ।