राजनीति

भीम रावलले भने, ‘मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्की पछिल्लो अपराधीक श्रृंखला

८ माघ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेको बताएका छन् । उनले यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको छ। गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र, ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ भनेका छन् ।

उनको ट्वीटः सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्। यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको छ। गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र, ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।