१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता छुट्टछुट्टै भएको छ । प्रधानमन्त्री देउवालाई भेटघातका लागि दाहाल र नेपाल बालुवाटार पुगेका थिए ।
‘यो एउटा सामान्य भेटघात हो, उनीहरुबीचको समसामायिक विषयमा सामान्य छलफल हो, गठबन्धन दलहरुबीचको सहमतिबाट एमसीसी अनुमोदन भइसक्यौ,’ भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवा ‘पहिले नेपालसँग र पछि दाहालसँग छुट्टछुट्टै भेटेका थिए ।’
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएपछि प्रधानमन्त्री देउवासँग दाहाल र नेपालले भेटवार्ता गरेका हुन् ।
गठबन्धनमा धेरैे विवाद र बहसबीच गठबन्धन सरकार जोगाउनुपर्ने भन्दै प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन आइतबार भएको थियो । अब भने सत्तागठबन्धन दलहरु स्थानीय तहको निर्वाचनको तयारीमा लागेका छन् ।





