खेलकुद

श्री भगवती क्लबको ३१ औं साधारण सभा सम्पन्न


१८ फागुन, काठमाण्डौ । काठमाण्डौको प्राचिन सहर टोखा अवस्थित श्री भगवती क्लबको ३१ औं साधारण सभा सम्पन्न भएको छ ।
युवाहरुलाई खराव बाटोबाट सहि मार्गमा हिड्न अभिप्रेरित गर्ने उद्धेश्यले २०४७ सालमा स्थापित क्लबले सामाजिकका साथै खेलकुद बिशेषत फुटबलमा अगाडी बढाउँदै आईरहेको छ । क्लबले साधारण सभाको अवसरमा आफ्नो क्लबबाट विभिन्न समयमा खेल खेलेका पुराना खेलाडीहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टोखा नगरका मेयर प्रकाश अधिकारीले प्रशंसा पत्रबाट सम्मान गरेका थिए । यस्तै एन्फाद्वारा संचालन गर्न लागिएको शहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुलाई खेल पोशाक तथा किड समेत प्रदान गरिएको थियो ।
क्लबले विभिन्न समयमा देशमा देखापरेका आपत बिपतका बेला नगरबासीका साथै नेपाली नागरिकहरुलाई आवश्यक स्वास्थ्य तथा अन्य सहयोग पु¥याउनुका नागरबासीलाई सामाजिक सचेतना, सिपमुलक तथा आर्य आर्जन सम्वन्धी तालिमहरु प्रदान गर्नुका साथै युवाहरुलाईलाई गलत बाटोबाट जोगाउन खेलकुद तर्फ आकर्षण गर्ने उद्धेश्यले विविध खेलकुदहरुको आयोजना गर्दै आईरहेको छ ।
नेपालकै पहिलो धावक एवं टोखा नगरका प्रधान पंचको रुपमा नेतृत्व गरिसकेका स्व। गजराज जोशी संग जोडीएको सहरको क्लबले खेलकुदमा बिशेषत पहिलो स्थानमा फुटबललाई राखेको छ । डि डिभिजनबाट सि हुँदै बी डिभिजनमा पुगको क्लबले दुई पटक उपबिजेताको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । यस पटक क्लबले ए डिभिजनको यात्रा तय गर्ने लक्ष राखेको क्लबको अध्यक्ष ईन्द्र राज जोशीले जानकारी गराए ।

भगवती कल्बलाई टोखा नगरपालिकाको साथ
काठमाण्डौको उत्तरीभेगको प्राचिन सहरको एक मात्र एन्फा बी डिभिजन क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ ।
एन्फाको बी डिभिजन क्लबलाई प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए । क्लबको ३१ औं बार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेको खण्डमा यस रकममा बृद्धि गरि अर्को बर्षदेखि ५० लाख पु¥याउने समेत बताए ।
यसका साथै क्लबलाई नगरपालिका भित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरुले नगद तथा खेल पोशाकको सहयोग गरेको छ । समष्टिगत रुपमा भन्नु पर्दा सम्पूर्ण नगरपालिकाले टोखाको एक मात्र एन्फा बी डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको छ क्लबका अध्यक्ष ईन्द्र राज जोशीले बताए ।
क्लबलाई बी डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापितले जानकारी गराए ।
आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भगबती क्लबले सुखद सुरुवात गरेको छ । प्रतियोगिताकै पहिलो खेलमा झम्सिखेल क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।