आर्थिक

दराजले गर्यो आइएमई पे डे को घोषणा – हरेक आइतबार आइएमई पे वालेट र आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा थप छुट

१८ फागुन, काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग
साझेदारी गरि हरेक आइतवार आइएमई पे डे सुरु हुने घोषणा गरेको
छ । यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई
पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम
रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। साथै दराजका
ग्राहकहरूले आफ्नो आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा
हरेक आइतबार १०% (अधिकतम रु ५००) सम्मको अतिरिक्त छुटको मजा लिन
सक्नेछन्।
यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रम७३घढसख
अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान
सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।
“आइएमई पे सँग साझेदारी गरि आइएमई पे डे घोषणा गर्न
पाएकोमा हामी धेरै उत्साहित छौं। यस साझेदारीको मुख्य उद्देश्य
भने ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि
थप कारणहरू प्रदान गनुको साथै नेपाली इ–कमर्स इकोसिस्टमलाई
नयाँ उचाइमा पु¥याउन मद्दत गनु हो।“ – दराज नेपालका डिजिटल
पेमेन्ट एण्ड पार्टनरसिप प्रम७३घढसख अरुण फुयाँल
ग्राहकहरूले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भाउचरहरू
दराज एप वा वेबसाइट मार्फत सङ्कलन गनुपर्छ। संकलित भाउचरहरू
चेकआउटको समयमा स्वतः लागु हुनेछन्।
यदि तपाईंसँग कुनै थप प्रश्नहरू छन् भने, कृपया हाम्रो दराज सेवा
साथीलाई २ ०१५९७०५९७ मा सम्पर्क गर्नुहोस्