अन्तर्राष्ट्रिय

उज्वेकिस्तानका राष्ट्रपति पाकिस्तान भ्रमणमा

१९ फागुन, इस्लामावाद । उज्वेकिस्तानका राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पाकिस्तान भ्रमणमा आएका छन् ।

दुई दिने भ्रमणका लागि उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद,आइपुगेका हुन् । उनलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वागत गरेका छन् ।

सन् २०१६ मा उनले सरकारको नेतृत्व गरेपछि उज्वेकिस्तानका राष्ट्रपतिको यो पहिलो भ्रमण भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उज्वेकिस्तानका राष्ट्रपति मिर्जियोयेभले पाकिस्तानी प्रधानमन्त्रीसँग एकल वार्ता गरेको कार्यक्रम रहेको छ । त्यसपछि उनले अन्य भेटवार्ता तथा छलफलहरू गर्ने कार्यतालिका रहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
भेटवार्ता तथा छलफलका क्रममा उनले दुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यका साथै साझा चासो र सरोकारका विषयमा कुराकानी गरेका छन् ।