१८ असार, काठमाडौं । एमाले उपाध्यक्ष रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलको हकमा उनकी श्रीमती दोमायाको रिट खारेज हुने फैसला सुनाएको हो ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले रिट खारेजीको फैसला भएको जानकारी दिए । पौडेललाई सुर्खेतबाट गत असार ८ गते पक्राउ गरिएको थियो । प्रवक्ता कोइरालाले आदेशको लिखितप्रति आउन केही दिन लाग्ने जानकारी दिए ।
लबदष्
िपौडेललाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । सर्वोच्चले रिट खारेज गरेपछि विभागलाई सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न सहज भएको छ ।
पौडेललाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी विशेष अदालतबाट थुना म्याद लिएर अनुसन्धान भइरहेको छ । विशेष अदालतबाट भने बिहीबार तेस्रोपटक ६ दिन म्याद थप गरिएको छ ।
यसअघि बुधबार सर्वोच्चले पौडेलसँग विवादमा जोडिएको भनिएका व्यापारी दीपक भट्ट लगायतमाथि दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कागजात झिकाउन आदेश दिएको छ । ती कागजात हेरेपछि फिर्ता लैजाने गरी पेस गर्न आदेश दिएको थियो ।





