ब्रेकिङ न्युज

श्रीमती मार्ने ‘नेपाली ब्रो’ कुमार थापा मगर र प्रेमिका जेल चलान

१८ असार, काठमाडौं । श्रीमती हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

अदालतको आदेशपछि अब कारागार चलान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षी नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए । साथी पुजन र भाइ विक्रमलाई अदालतले १ लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।