२३ फागुन, काठमाडौँ । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म CORPORATEPAY प्राणाली को स्तरोन्नती गरी विभिन्न सुविधाहरु सँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । साथै उक्त प्रणालीमा utility तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी , पटक–पटक गरिने भुक्तानीको लागि ‘Quick payment’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।
अनलाइन रजिष्ट्रेसनका निम्ती बैंक/वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले corporatepay.connectips.com मा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप Hierarchical Role Assign गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् । यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंक/वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै approval लिई सेवा सुचारु गर्न सकिने हुँदा CORPORATYEPAY प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलद्वारा संचालनगरिएको उक्त प्रणालीमा हाल ४८ बैंक/वित्तीयसंस्थाहरु मार्फत् व्यावसायिक ग्राहकहरुलाई
फण्ड ट्रान्स्फर, तलबभुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, utility सम्बन्धी भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ । भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक Multi-Authorization तथा Multiple signstories को समेत उपयुक्त व्यवस्था रहेको छ । प्रणालीमा रियल टाइममा रिटेल पेमेन्ट स्वीच मार्फत प्रति कारोबार रु.२० लाखसम्म र NCHL-IPS मार्फत नन–रियल टाइममा प्रति कारोबार रु. २० करोड सम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार रु ३० करोड सम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेको छ ।





