२३ फागुन, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप २ वटा सेवा शुभारम्भ गरेको छ ।
आज आयोजीत पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले उक्त सेवाहरु शुभारम्भ गरेका हुन् ।
उक्त इन्स्योरेन्सका थप सेवाहरु आइजिआई हेल्थपल्स बीमालेख र IGI Easy Cashless Claim Settlement रहेका छन् ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्य तथा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल सहित कम्पनीका संचालक समितिका पदाधिकारीहरु, स्पार्क अटोकेयर प्रा.लि. का अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारीहरु, विभिन्न संचार माध्यामका पदाधिकारी तथा प्रतिनिधिहरु लगायतको उपस्थितिमा निम्नानुसारका थप दुई सेवाहरुको सेवा शुभारम्भ गरेको हो ।
आइजिआई हेल्थपल्स बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधोपचार बीमा, घातक रोग रहेका छन् । IGI Easy Cashless Claim Settlement अन्तर्गत You Register, We Pickup, You Relax, We Deliver गरी चार प्रकारमा बिभाजन गरिएको छ ।
नायव प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत शरण रेग्मीले प्रेश बिज्ञप्तीमार्फत उक्त कुरा बताएका छन् ।





