२५ फागुन, काठमाण्डौ । नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडी बढाउने हेतुले विभिन्न सञ्चार माध्यमका ३ जना महिलासहित जम्मा २४ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई श्री पूर्वी कमाण्ड हे.क्वा. अन्तर्गत श्री नं. २ बाहिनी अड्डा, ईटहरीमा संचालन हुने ६ (छ) दिने Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रमको एक कार्यक्रमकाबीच श्री नं.२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश देउजाले प्रथम प्रवचन गरि कार्यक्रमको शुभारम्भ गरेका छन । उक्त अभिमूखिकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीलगायत अन्य विविध विषयहरुमा प्रस्तुतिकरण एवं अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोशी टप्पु वन्यजन्तु आरक्ष, धनकुटास्थित निशान भगवतीको मन्दिर र सैनिक आवासिय महाविद्यालय, धरानको फिल्ड भिजिट समेत गराउने योजना रहेको छ ।





