मनोरञ्जन

मेलिना र सुभमको ‘धाउन नमिल्ने’ सार्वजनिक


२६ फागुन, काठमाडौं – गायक एवम मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठ अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘धाउन नमिल्ने’ सार्वजनिक भएको छ।

गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ । गीतकार एवम गायक डि.पी खनालको यस गीतमा शब्द, संगीत रहेको छ । राजु कार्कीको गीतमा संगीत संयोजन रहेको छ। मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका हुन् ।

अनिल रानाको भिडियोमा सम्पादन रहेको छ । किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका मेलिना राईको युट्युव च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो। विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय मोडल राई अभिनित ४ वटा म्युजिक भिडियो यसअघि सार्वजनिक भैसकेका छन्।