प्रदेश 2

जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ


९ चैत, पर्सा । जिल्ला पर्सा बस्ने १५ वर्षीया बालिकालाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी आरोपित व्यक्तिले नयाँ-नयाँ स्थानमा घुमफिर गराउने वहाना बनाई आफूसँग लगी पटक-पटक जबरजस्ती करणी गर्दै आएकोमा निजले पीडितलाई बीरगञ्ज महानगरपालिका वडा नं. १५ भिष्वा आफ्नै डेरा कोठामा लगी पुन : करणी गरेको भन्ने व्यहोरा पीडित अभिभावकको जाहेरी दर्खास्तको आधारमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर बस्ने वर्ष ३५ को सन्देश महतो कोईरीलाई वीरगञ्ज महानगरपालिका वडा नं.१३ बाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।