राजनीति

डा भट्टराईको प्रश्नः उही पुराना सोंच, आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला ?

१८ चैत काठमाण्डौ । जनता समाजबादीका पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले उही पुराना सोंच, आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला ? भन्ने प्रश्न गरेका छन् ।
पुर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले जनीति अब अंकगणित र द्रव्यमै सीमित रहने हो ?द भन्ने अर्को प्रश्न तेस्र्याउँदै बिहा गर्ने हतपतमा केटीरकेटा माग्नै बिर्स्यो भने झैॅ स्थानीय चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होडमा देश र जनताका मुद्दा पूरै हराउने जोखिम पो देखिदैछ त ! भन्ने बिचार राखेका छन् ।
डा भट्टराईले चिन्ता सहित स्थानीय तह लक्षीत गर्दै हामी कता जादैछौं ! भन्दै ट्वीट गरेका छन् ।

डा भट्टराईको ट्वीटः बिहा गर्ने हतपतमा केटीरकेटा माग्नै बिर्स्यो भने झैॅ स्थानीय चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होडमा देश र जनताका मुद्दा पूरै हराउने जोखिम पो देखिदैछ त! राजनीति अब अंकगणित र द्रव्यमै सीमित रहने हो ? उही पुराना सोंच, आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला ? हामी कता जादैछौं !