अन्तर्राष्ट्रिय

युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केतः स्पेनी प्रधानमन्त्री


२१ चैत, म्याड्रिड । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘‘नरसंहार’’को सङ्केत देखिएको बताएका छन्। । रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।
‘‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।’’ उनले भने।