अन्तर्राष्ट्रिय

क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा


२१ चैत, हङकङ । हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उनले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गरेका हुन् ।

उनी हङकङकी प्रमुख कार्यकारी निर्वाचित भएपछि आफ्नो कार्यकालभरी हङकङमा विपक्षी समूहहरूले उनीमाथि विभिन्न आरोप लगाउँदै ठूलो प्रदर्शन भएको थियो ।

६४ वर्षीय लाम सन् २०१७ मा हङकङको नेतृत्वमा आएको मानिन्छ । आफ्नो परिवारलाई समय दिनका लागि दोस्रो कार्यकाल सेवामा नरहने उनले बताएका हुन् । हालका प्रमुख सचिव जोन लीले लामको स्थान लिने अनुमान गरिएको छ । १५ सयजना रहेको एक कमिटीले हङकङको प्रमुख कार्यकारी चयन गर्ने परम्परा रहेको छ । उनीहरुले आउँदो महिना (मे) मा नयाँ नेता चयन गर्नेछन् ।