राजनीति

देशलाई कुशासनबाट मुक्त गर्नुपर्छ : अध्यक्ष लिङ्देन


२३ चैत, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन्। राप्रपा मोरङद्वारा आज यहाँ आयोजित आमसभामा उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए। उनले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गरे ।

विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उनले भने, “अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।”

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महँगी बढेको भन्दै रोजगारी नहुँदा युवा विदेशिएको बताए । महामन्त्री प्रह्लाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी सिर्जना गरी उत्पादन बढाउनुपर्ने बताए।    कार्यक्रमा नायिका रेखा थापा, सो पार्टीका केन्द्रीय सदस्य केदार कोइराला, नवप्रवेशी दिलीप धाडेवाल र जिल्ला अध्यक्ष माधव आचार्यले पनि राप्रपाले आम नेपाली जनताका भावना र चाहनानुसार काम गर्नेमा जोड दिए ।