प्रदेश 2

मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ


२९ चैत, वीरगञ्ज । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको जिल्ला रौतहट फतुवा विजयपुर न.पा. वडा नं.१० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको 124.7 C’C को कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं. २२ जगरनाथपुर बस्ने २० वर्षीय पासवान र १९ वर्षीय सहिम मिया अन्सारीले मो.सा.को लक तोडी चोरी गरी भाग्दै गर्दा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उक्त मो.सा. सहित नियन्त्रणमा लिएको छ । निजहरुलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।