राजनीति

ढुक्क हुनुहोस् राप्रपा नेपालको प्रगतिलाई कुनै शक्तिले रोक्न छेक्न सक्दैन : कमल थापा


२ बैशाख, नवलपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने भन्दै कुनै शक्तिले तेस्तो सपना देखेको छ भने त्यो दिवास्वप्न हुने बताएका छन् ।

आज नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरुद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपालको मार्गचित्र नै सहि र मुलुकको हितमा भएको समेत दाबी गरे । राप्रपा नेपाल युवाहरुको निमित्त खडा भएको पार्टी भन्दै कोहि युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको स्पष्ट पारे ।
राप्रपा नेपालमा लाग्दा कसैले पश्चाताप गर्नु नपर्ने भन्दै थापाले मुलुकलाई दुराअवस्थामा पुर्याउने भ्रष्टाचार , बेरोजगारी ,धर्मपरिवर्तन र कुशासनको विरुद्धमा युवाहरुले आवाज बुलन्द पार्नुपर्ने बताए । नियोजित र प्रायोजित रुपमा म माथी चरित्र हत्या गर्ने प्रयास भैरहेको भन्दै थापाले सबै षड्यन्त्रलाई चिरेर अघि बढ्ने बृढता र साहस आफुसङ्ग भएको समेत थापाले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टी नेतृत्व माथिको घेराबन्दी र षड्यन्त्रको भन्डाफोर गरिने बताए । कार्यक्रममा नेताहरु नगेन्द्र देउजा,लोकनाथ लामिछाने कृश्न घिमिरे , विशाल शर्मा लगायतले बोलेका थिए । सो अबसरमा विभिन्न युबाहरुलाई अध्यक्ष थापाले पार्टी प्रबेश गराएका थिए ।