बाग्मती

राजधानीको सडकबाट ५५ जना बालबालिकाको उद्दार

२ वैेशाख, काठमाण्डौ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्र र जिल्ला प्रहरी परिसर काठमाण्डौ, नगर प्रहरी कार्यालय तथा प्रहरी वृत्तहरुबाट संयुक्तरुपमा प्रहरी परिचालन गरि राजधानीको सडक पेटीमा बसी मागी सडक यात्रुहरुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न ५५ जना (बालक-३३ र २२ बालिका ) बालबालिकालाई उद्दार गरेको छ ।

उक्त बालबालिकालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रीय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले आफ्ना बालबालिकाहरुको उचित हेरचाह, लालन(पालन, रेखदेख गर्न अभिभावकहरुलाई आग्रह समेत गरेको छ । बालबालिकाहरुलाई माग्न लगाई सडक पेटीमा हिड्ने पैदल यात्रुहरुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न गराएको पाइएमा प्रचलित ऐन, कानून बमोजिम हदैसम्मको कारबाही गरिने जानकारी गराएका छन ।