समाचार

नीति प्रतिष्ठानको चौथो बैठक सम्पन्न, आचारसंहिता पारित

२७ जेठ , काठमाडौं । नेपाली कांग्रेस अन्तर्गत रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ।

उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयगत उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणा सम्बन्धी ‘पावर पोइन्ट प्रेजेन्टेसन’ प्रस्तुत गरेका थिए।

प्रस्तुत अवधारणामा विपद् व्यवस्थापन, सूचना प्रविधि तथा डिजिटल सुशासन, बाल अधिकार, तथा जलवायु परिवर्तन सचेतना जस्ता विषय समेटिएका थिए। बैठकमा प्रस्तुत विषयहरूबारे विस्तृत छलफल गरिएको प्रतिष्ठानले जनाएको छ।

बैठकले उपप्रमुख मधु आचार्यद्वारा प्रस्तुत गरिएको प्रतिष्ठानको आन्तरिक आचारसंहिता पारित गरेको छ।

त्यस्तै, बैठक भोलि जेठ २८ गते बिहान ११:०० बजे पुनः बस्ने निर्णय गरिएको छ।