मनोरञ्जन

गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

२४ वैशाख, काठमाण्डौ । गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जीवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत रहेकोछ ।

भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय रहेको छ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज तामाङको निर्देशन रहेकोछ ।