समाचार

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी


५ जेठ, बनेपा । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मतपरिणामअनुसार नमोबुद्ध नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्साङ लामाले ११ हजार २११ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका राजन भुर्तेलले पाँच हजार ८२२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रत्नबहादुर लामाले आठ हजार १८७ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका सम्झना लामाले छ हजार ५४३ मत प्राप्त गरेकी छिन् ।

उता चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रेणुका चौलागाईँले छ हजार २२८ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिस्पर्धी एमालेका जीतराम लामाले पाँच हजार ४६३ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका शेरबहादुर लामाले सात हजार २१९ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बविता खरेल गौतमले तीन हजार ५४९ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मत प्रात गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रञ्जितकारले ११ हजार ८३५ मत प्राप्त गरे । उपप्रमुखमा भने नेकपा एमालेका विमला सापकोटा दाहालले ११ हजार ९९२ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का रघुवर चौप्रधानले १० हजार ५१५ मत प्राप्त गरे ।

चौँरीदेउराली गाउँपालिका वडा नं. १ मा कांग्रेसका सुशील लामाले ४०२, वडा नं. २ मा एमालेका छत्रबहादुर प्रधानले ४३१, ३ मा नेकपा (माओवादी केन्द्र)का चित्रप्रसाद चौलागाईँले ६६८, ४ मा नेकपा (माओवादी केन्द्र)का रामप्रसाद चौलागाईँले ६५९, ५ मा नेकपा (माओवादी केन्द्र)कै कृष्णप्रसाद गौतमले ८४६, ६ मा कांग्रेसका किशोरराज गिरीले ६७७, ७ मा कांग्रेसकै चन्द्रराज लामाले ७८९, ८ मा नेकपा (माओवादी केन्द्र)का धनबहादुर तामाङले ६३९ र ९ मा नेकपा (माओवादी केन्द्र)कै रामबहादुर लामाले ७०४ मत प्राप्त गरी विजयी भएका छन्।

त्यस्तै नमोबुद्ध नगरपालिकाको वडा नं. १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ ५५६, वडा नं २ मा कांग्रेसका कविराज श्रेष्ठले एक हजार ५५, वडा नं. ३ मा कांग्रेसका रमेश तिवारीले ९४२,वडा न. ४ मा एमालेका अर्जुनबहादुर कार्कीले ५९४, वडा नं. ५ मा कांग्रेसका सुरे तामाङले एक हजार १०३, वडा नं. ६ मा कांग्रेसका टीकाबहादुर केसीले ५३०, वडा नं. ७ मा नेकपा (माओवादी केन्द्र)का धर्मसिं तामाङले ८२३, वडा नं. ८ मा एमालेका शेरबहादुर तामाङले एक हजार ७४, वडा नं. ९ मा कांग्रेसका वीरबहादुर लामाले ६४५ मत, वडा नं. १० मा नेकपा (माओवादी केन्द्र)का रामकृष्ण उपाध्यायले ५४१ मत र वडा नं. ११ मा एमालेका कृष्णबहादुर तामाङले ५९२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी बनेपा नगरपालिका वडा नं १ एमालेका कमलप्रसाद घिमिरे ६६८ वडा नं २ मा कांग्रेसका रामप्रसाद घिमिरे ९७१,वडा नं. ३ मा कांग्रेसकै रमेश दाहाल एक हजार २९१ मत, वडा नं. ४ मा एमालेका श्यामसुन्दर श्रेष्ठ एक हजार २२४, वडा नं. ५ मा एमालेकै बलराम अधिकारी एक हजार ३५७, वडा नं. ६ मा नेकपा (एकीकृत समाजदावी)का सचितानन्द केसीले ७६१, वडा नं. ७ मा कांग्रेसका हिटलर शाक्यले एक हजार १६६, वडा नं. ८ मा कांग्रेसका शुभलक्ष्मी मानन्धरले एक हजार ४४५ मत, वडा नं. ९ मा कांग्रेसकै नृपेश बादेले एक हजार २००, वडा नं. १० मा एमालेका चन्द्रबहादुर खड्का एक हजार १२९, वडा नं. ११ मा एमालेकै शिवकुमार थापाले ६६६, वडा नं. १२ मा एमालेका रामबहादुर कुँवर ७०३, वडा नं. १३ मा एमालेकै रामलाल दुवालले ८११ र वडा नं. १४ मा कांग्रेसको टुल्कु लामाले ९६६ मत प्राप्त गरी विजयी भएका छन् । यसअघि नै जिल्लाका भुम्लु र खानीखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । तेह्र वटा स्थानीय तहमध्ये अब बाँकी आठवटा पालिकामा मतगणना जारी छ ।