अन्तर्राष्ट्रिय

यमनका विद्रोही र सरकारका बीचमा दोस्रो चरणको वार्ता सुरु

२३ जेठ, आडेन । यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ । यहाँको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ ।

समाचारमा जनाइएअनुसार यहाँका बाटोहरु हुथी विद्रोहीहरुले बन्द गराएकामा ती बाटोहरु खुलेर वार्ताका लागि बसेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ । यहाँको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता हुन लागेको हो ।

यहाँ हुथी विद्रोहीहरुले कैयौ वर्षदेखि हिंसा जारी राखेका छन् । जसका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ । यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ । आइतबारबाट सुरु भएको वार्ताका विषयमा संयुक्त राष्टसंघ, यमनी सरकार तथा यहाँका हुथी विद्रोहीहरुका तर्फबाट पनि कुनै वार्ताका विषयमा कुनै प्रतिक्रिया आएको छैन ।