अन्तर्राष्ट्रिय

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा इन्धन कम प्रयोग गर्न नागरिकहरूलाई आग्रह


२४ जेठ, कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् ।
संसद्मा बोल्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका छन् । श्रीलङ्काले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।
‘‘आउँदो तीन हप्ता हाम्रो लागि इन्धनको सन्दर्भमा कठिन समय हुनेछ। अतः हामी सबैले इन्धन र ग्यास होसियारीसाथ प्रयोग गर्नुपर्छ।।।अनावश्यक यात्रा सकेसम्म सीमित गर्नुपर्छ । त्यसैले म सबै नागरिकहरूलाई यसबाट टाढा रहन आग्रह गर्दछु। यस अवधिमा इन्धन र ग्यासको भण्डारण गर्ने बारे सोच्दै छु,’’ सिन्ह्वाले विक्रमासिङ्घेलाई उद्धृत गर्दै उद्धृत गरेको छ ।
‘‘ती कठिन तीन हप्ता पछि हामी थप अवरोध बिना इन्धन र खाना उपलब्ध गराउने प्रयास गर्नेछौं। यो सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको छ ।’’ उनले थपे।
श्रीलङ्का विदेशी मुद्राको अभावका कारण सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा छ जसको कारण औषधि, इन्धन र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको अभाव भएको छ।
आर्थिक र राजनीतिक उथलपुथलका कारण महिनौंदेखि ठूल्ठूला विरोध प्रदर्शनहरू भइरहेका छन् जसले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेलाई अपदस्थ गरेको थियो।