अन्तर्राष्ट्रिय

तालिबान शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढे

२५ जेठ, काबुल । अफगानिस्तानमा तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना वृद्धि भएकामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
तालिबानले महिला अधिकारको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको, उनीहरूलाई अत्यावश्यक बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन उर्दी जारी गरेकामा त्यसको निन्दा गर्दै एचआरडब्लूले तालिबानले गरेको महिला अधिकार उल्लङ्घनको सूची लामो र बढ्दै गएको बताएको छ।

महिलाहरूलाई घरबाहिरका काममा र किशोरीहरूलाई माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्धको आलोचना गर्दै एचआरडब्लूले महिला र बालिकालाई हिंसाबाट जोगाउने प्रणालीलाई भत्काइएको र उनीहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भएको जनाएको छ ।

तालिबानले सत्ता कब्जापछि महिला र किशोरीहरूमाथि गरेका दुव्र्यवहारको अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूले निन्दा गर्दै वक्तव्य निकाले पनि महिला र बालिकाहरूको अधिकार रक्षा तालिवानका दुव्र्यवहार अन्त्य गर्न दवाव नदिएको उक्त संस्थाले बताएको छ ।