आर्थिक

यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए सपथ ग्रहण


२७ जेठ, काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि.ले संचालक समितिको अध्यक्ष पदका लागी रवि भक्त श्रेष्ठलाई चयन गरिएको छ ।
२३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका लागी श्रेष्ठलाई चयन गरिएको हो ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम २६ गते अध्यक्ष श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गरे । सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरे ।