कर्णाली प्रदेश

कालीकोटमा बाढीले बगाउँदा एक युवकको मृत्यु


२ असार, मान्म । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए ।

विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो ।