प्रदेश 1

प्रदेश नम्बर १ सभापति उद्धब थापा नेतृत्वको टोली सोमबार खोटागं जाँदै

५ असार, काठमाडौं । प्रदेश नम्बर १ का नेपाली काँग्रेस सभापति उद्धब थापा, उपसभापति टंक राई, प्रदेश सदस्य मच्छिन्द्र कुगेत्नामलगायतका पदाधिकारी तथा सदस्यहरु र नेपाली काँग्रेस प्रदेश नम्बर १ काठमाडौं सम्पर्क समितिका सभापति निर्मल रिजाल, उपसभापति बाबुराम आचार्य, दिपक उप्रेती, महामन्त्री भक्ती भट्टराईलगायतको टोली सोमबार खोटाङ प्रस्थान गर्ने भएको छ ।
नेपाली काँग्रेस प्रदेश नम्बर १ का महामन्त्री भूपेन्द्र राईकी ममतामयी माताको निधनमा समबेदना अर्पण गर्न खोटागंतर्फ प्रस्थान गर्न लागेको हो ।
उद्धब थापा नेतृत्वको टोली सोमबार बिहानै सडकमार्गबाट खोटागंतर्फ प्रस्थान गर्ने नेपाली काँग्रेस प्रदेश नम्बर १ सम्पर्क समितिका प्रवक्ता बाबुराम आचार्यले जनाएका छन् ।
महामन्त्री थापाकी आमा ७९ बर्षकी रहनुभएको र उपचारको क्रममा बिपी स्मृति अस्पताल बसुन्धरामा निधन भएको बताईएको छ ।